Skip to content
#SafaHawa

Initiated by Impact447

← Back to Photo Stories

नेपालको सार्वजनिक यातायातमा बर्सौ पुरानो सहकारी संस्था मार्फत सेवा दिदै आएको साझा यातायात वातावारणीय प्रभाव प्रति पनि जिम्मेवार बन्दै छ ।

Patan, Lalitpur, Kathmandu ValleyJun 2026

साझा बसमा जो पनि चढ़दछ

साझा यातायात १९६२ मा काठमाडौं उपत्यकाका यात्रुहरूका साथै लामो दूरीका यात्रुहरूलाई कुशल र किफायती सार्वजनिक यातायात प्रदान गर्ने लक्ष्यका साथ स्थापना भएको एक सहकारी सार्वजनिक यातायात संस्था हो । हाल १११ वटा बस संचालनमा रहेका यस संस्थाका ४० वटा बस ब्याट्रीबाट चल्ने र बाँकी ७१ वटा डिजेल बसहरू रहेका छन् । ललितपुरको पुल्चोकमा रहेको साझा यातायातको परिसरमा नेपालकै सबैभन्दा ठुलो चर्जिंग स्टेसन रहेको छ । केबल काठमाडौं उपत्यकामा मात्र केन्द्रित नभइ लामो दुरीका यातायातमा पनि विद्युतीय सवारीको बिस्तार गर्ने लक्ष्य साझा यातायातले राखेको छ । करिब ९० प्रतिशत भन्दा बढी नेपाल सरकारको स्वामित्व रहेको यस संस्थामा संघीय सरकारका साथै काठमाडौँ महानगरपालिका र ललितपुर महानगरपालिका लगायत काठमाडौँ उपत्यकाका धेरै शहरी नगरपालिकाहरूबाट लगानी प्राप्त गर्दछ । नेपाल विद्युतीय सवारीलाई अवलम्बन गर्ने राष्ट्रहरु मध्ये निकै अगाडि रहेतापनि यो केवल निजी सवारीको हकमा मात्र लागु हुन सकेको छ तर ठुला सार्वजनिक सवारीको हकमा उच्च करको दर, नीतिगत अभाव, उच्च लागत जस्ता कारण विधुतीय सार्वनजिक सवारी न्यून रहेका छन् । सवारी मार्फत हुने वायु प्रदुषणमा सार्वजनिक सवारीको निकै ठुलो हिस्सा रहेको हुदा यस परिप्रेक्ष्यमा नेपाल सरकारकै बढी स्वामित्व रहेको साझा यातायात जस्ता संस्थामा बिद्युतीय सवारीलाई प्राथमिकता दिनु वातावारणीय र वायु प्रदुषण न्यूनीकरणका दृष्टिकोणले निकै महत्वपुर्ण मानिन्छ । साथै साझा यातायातले आफ्नो तत्कालीन योजनामा थप १०० विद्युतीय बस संचालन गर्ने योजना राखेको छ । साझा यातायातले यो लक्ष्य छिटै हासिल गरोस, मेरो शुभकामना छ।

Contributor

Roshni Kunwar

@roshnikunwar1982-ea788bbb

Badge

Community Air Protector

View public profile
#AirPollution#SafaHawa#bus#vehicles#EV#Lalitpur

Continue browsing

Related memories

View all photo stories