Skip to content
#SafaHawa

Initiated by Impact447

← Back to Photo Stories

ग्यास‌ बाल्न पैसा चाहिन्छ, सकिएको अस्ति नै हो।

Rupandehi, Lumbini ProvinceJun 2026

प्रदूषण, एक बाध्यता

सैनामैना ३ अवस्थित एक घरमा अन्दाजी ६५ वर्षीय एक आमा बस्नु हुँदो रहेछ। छोरा बुहारी रामको सिलसिलामा छिमेकी देश भारत‌ जानु भएको रहेछ । घरमा नातीसँग आमा बस्नु हुँदो रहेछ। जब पुत्ताइ रहेको धुवाँ देखेर आमालाई मैले सोधे , दाउराको धुवाले स्वास्थ्यमा असर गर्दैन ?उहाँले भन्नुभयो निमोनियाको रोगी त छु के गर्नु ग्यास सकेको अस्ति नै हो । छोरा बुहारीले पैसा पठाए पछि ल्याउने हो। ( राज्यले मौलिक अधिकार स्वरूप जेष्ठ नागरिकलाई संरक्षणको वाचा गर्छु। तर त्यो संविधानको कालो अक्षर मात्र भएको छ। वास्तवमा समस्या नागरिकले भोगिरहेका छन्। यसबारे स्थानीय सरकारको कुनै नीति छैन न त चासो नै छ।

Contributor

Bijay Sunar

@sunarbj12345-40b4f978

Badge

SafaHawa Guardian

View public profile
#अभाव#प्रदूषण#क्षति

Continue browsing

Related memories

View all photo stories