Skip to content
#SafaHawa

Initiated by Impact447

← Back to Photo Stories

फोहोर जलाउने कार्यलाई कानुन बनाएर रोक्नुपर्छ।

Rupandehi, Lumbini ProvinceJun 2026

कानुनको अभाव

पछिल्लो एक महिनामा सफा हावा कार्यक्रम पश्चात् मेरो ध्यान प्रदूषणमा अत्याधिक जाने गरेको छ। सफा भएको कार्यक्रममा खेतीपातीमा लगाइने आगोलाई प्रदूषणको एक कारण भनिएको थियो। त्यसमा मैले खासै चासो दिएको थिएन। तर जब मैले आफ्नो पालिका रिपोर्टिङको लागि घुमे दैनिक रुपमा आठ देखि १० १० ठाउँमा खेतबाट निस्किएका वस्तुहरू जलाएको मात्र देख्थे। सबैभन्दा बढी धुवा मैले खेतबाट निस्किएकै वस्तु जलाउनाले निस्केको देखे। यसले वातावरणमा अत्याधिक प्रभाव पारिरहेको छ। यस्तो कार्यलाई फौजदारी कानुनमै संलग्न गरी दण्डीकरण गरी वा कडा कारबाही गरी रोक्नु आवश्यक छ। मानवको प्रवृत्ति नै कानुन नबनाउँदासम्म सजिलो बाटो रोज्ने गर्छ अप्ठ्यारो भन्दा चाहे त्यसले अरुलाई जति नै असर गरोस्। त्यसकारण यस्ता कृषिबाट निस्किने फोहोर व्यवस्थापन गर्नुपर्ने बाध्यकारी कानुनको आवश्यक छ। जसले फोहोर व्यवस्थापनलाई प्रोत्साहन गर्नेछ।

Contributor

Bijay Sunar

@sunarbj12345-40b4f978

Badge

SafaHawa Guardian

View public profile
#कृषि#प्रदूषण#व्यवस्थापन

Continue browsing

Related memories

View all photo stories