Skip to content
#SafaHawa

Initiated by Impact447

← Back to Photo Stories

सहरले महँगो AC त दियो, तर गाउँको यो हावा र खुला आकाश खोसिदियो। यो साधारण खाट र प्रकृतिले सित्तैमा दिने शुद्ध हावा नै गाउँको असली वैभव हो।

Rupandehi, Lumbini ProvinceJun 2026

गाउँको मचान र सितल निन्द्रा

दिनभरिको कडा मिहिनेतपछि जब साँझपख गाउँको खेतबारी हुँदै कञ्चन र सफा हावा चल्न थाल्छ, तब शरीरको सारा थकाई पलभरमै मेटिन्छ। खुला आकाशमुनि बनाइएको यो सानो मचान र त्यहाँ राखिएको काठको खाटमा पल्टिँदा बहने त्यो शितल पवनको स्पर्श कुनै ओखतीभन्दा कम हुँदैन। सहरका बन्द कोठा र प्रदुषित वातावरणमा निसास्सिएका मनहरूका लागि गाउँको यो सफा हावा एउटा वरदान हो। प्रकृतिको काखमा, सफा हावा फोक्सोभरि भर्दै यो मचानमा सुत्नु र बस्नुको आनन्दले मनलाई छुट्टै शान्ति र आनन्द दिन्छ। जुन संसारको कुनै पनि कुनामा किन्न पाइँदैन।

Contributor

Ãmït GD

@goud92163-e75809e8

Badge

Haze Watcher

View public profile
#Safahawa#BreathCleanAIR#Village

Continue browsing

Related memories

View all photo stories