Skip to content
#SafaHawa

Initiated by Impact447

← Back to Photo Stories

“स्वच्छ हावा सबैको अधिकार हो तर भान्साको धुवाँ अझै धेरै घरको समस्या बनेको छ”

Rupandehi, Lumbini ProvinceMay 2026

घरको चुल्होको निस्किएको धुवा

आज बिहान गाउँघरको भान्सामा दाउरा प्रयोग गरेर खाना पकाउँदै गर्दा धेरै धुवाँ निस्किरहेको थियो। त्यो धुवाँ घरभित्र र वरिपरि फैलिँदा सास फेर्न गाह्रो हुने अवस्था देखियो। विशेषगरी महिलाहरू, बालबालिका र वृद्धवृद्धाहरू यसबाट बढी प्रभावित हुन्छन्। ग्रामीण क्षेत्रमा अझै पनि धेरै परिवारले दाउरा र परम्परागत चुल्हो प्रयोग गर्ने भएकाले हावामा प्रदूषण बढिरहेको छ। यसले आँखा पोल्ने, खोकी लाग्ने, दम तथा फोक्सो सम्बन्धी समस्या निम्त्याउन सक्छ। हामीले स्वच्छ चुल्हो, राम्रो हावाप्रवाह र वातावरणमैत्री इन्धन प्रयोग गरेर यस्तो प्रदूषण कम गर्न सक्छौं। सफा हावा स्वस्थ जीवनको आधार हो, त्यसैले सबैले यसको संरक्षणमा ध्यान दिन आवश्यक छ।

Contributor

Royal Krishna

@ram-krishna-gupta

Badge

SafaHawa Guardian

View public profile
#Safahawa#cleanair#environment#pollution#air pollution

Continue browsing

Related memories

View all photo stories