Skip to content
#SafaHawa

Initiated by Impact447

← Back to Photo Stories

सडकको छेउमै यसरी थुप्रिएको फोहोर केवल दुर्गन्धको समस्या मात्र होइन, यो वातावरण, जनस्वास्थ्य र भविष्यप्रतिको ठूलो चुनौती हो ।

Rupandehi, Lumbini ProvinceJun 2026

विकास कि फोहोर ?

"यो कुनै पहाड होइन, फोहोरको थुप्रो हो।" सडक छेउमै यति ठूलो परिमाणमा थुपारिएको फोहोरले वातावरण मात्र होइन, स्थानीय बासिन्दाको स्वास्थ्यमा पनि प्रत्यक्ष असर पार्ने जोखिम बढाएको छ। दुर्गन्ध, प्रदूषण, झिंगा–किरा, रोगको जोखिम र वर्षायाममा फोहोर बगेर फैलिन सक्ने खतरा उत्तिकै गम्भीर छ। यस्तो दृश्यले फोहोर व्यवस्थापनमा अझै प्रभावकारी योजना र कार्यान्वयन आवश्यक रहेको देखाउँछ। स्वच्छ वातावरण हरेक नागरिकको अधिकार हो। अब प्रश्न उठ्छ फोहोरको व्यवस्थापन कहिले हुन्छ? सम्बन्धित निकाय कहिले जिम्मेवार बन्छ ?

Contributor

Nischal Gyawali

@nischalgyawali36-da041b52

Badge

Community Air Protector

View public profile
#airquality#pollution#emissions#cleanair

Continue browsing

Related memories

View all photo stories